Play Radio

जगन्नाथ माध्यमिक विद्यालय सुनवल १२ भुमही नवलपरासीले नमुना विद्यालय विकासका लागि योजना तयारी कार्यक्रम सम्पन्न गरेको छ । भावि जिवनमा विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्नका लागि गर्नुपर्ने कामहरुको विषयमा छलफल भएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले विद्यालयलाई नमुना किड्स जोनको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए ।

सुनवल नगरपालीकाका मेयर भिम बहादुर थापाको प्रमुख आथिथ्यता, उपप्रमुख दधिराम अर्याल र सामाजिक विकास डिभिजन कार्यालय भैरहवाका डिभिजन प्रमूख दिवाकर भण्डारीको विशीष्ट आतिथ्यता रहको कार्यक्रममा सामाजिक विकास निर्देशनालय लुम्वीनी प्रदेशका अधिकृत माधव बन्चाजे, सामाजिक विकास डिभिजन कार्यालय भैरहवाका शाखा अधिकृत श्याम न्यौपाने, वडा नं. ११, १२, १३ का वडाध्यक्षहरु, पूर्वविद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरु लगाएतको उपस्थिती रहेको थियो । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष राम बहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत विद्यालयका प्रधानाध्यापक कर्ण बहादुर राहाडी मगरले गर्नुभएको थियो भने सन्चालन शिक्षक गणपती भट्टराईले गर्नुभएको थियो ।