Play Radio

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउंपालीकाले वडा नं. ४ को पाल्ही स्वास्थय केन्द्रलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । गाउंपालीकामा आयोजीत एक कार्यक्रमका विच एम्बुलेन्स वितरण गर्दै प्रमुख अतिथि गाउंपालीका अध्यक्ष बैजु प्रसाद गुप्ता दिपकले स्वास्थ्य केन्द्रमा एम्वुलेन्स सुविधा पुगेपछि विरामीले समयमै उपचार पाउन सक्ने भन्दै कसैको पनि अकालमै ज्यान नजाओस भनेर एम्वुलेन्स प्रदान गरेको भन्दै यसको उपयोग गर्न आग्रह गर्नुभयो । गाउंपाली आफ्नै स्रोतमा एम्बुलेनस खरिद गरी हस्तान्तरण गरिएको हो । कार्यक्रम वडा नं. ४ का वडाध्यक्ष सन्जय पाठकको अध्यक्षतामा सम्पन्न भएको थियो ।


यस्तै आजनै गाउंपालीकाको वडा नं. ६ पशुपालक कृषकलाई चापकटर मेशिन प्रदान गरिएको छ । एक कार्यक्रमको आयोजना गरी ४० जना गाई, भैंसी पालक कृषकलाई कोरिया सरकारको सहयोग र गाउंपालीको समन्वयवमा करिव १३ लाख मुल्य बराबरको उक्त चापकटर मेशिन प्रदान गरिएको हो । मेशिन हस्तान्तर गर्दै प्रमुख अतिथि गाउंपालीकाका अध्यक्ष दिपकले कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग बढाउंदै पशुपालक कृषकलाई व्यवसायिकतातर्फ ध्यान दिन आग्रह दिनुभयो । व्यववसायिक रुपमा कृषि गरे मात्र कृषकको जिवनस्तर उकास्न सकिने भन्दै उहाँले आउंदा दिनमा समेत कृषकको सहयोगका लागि आफु प्रतिवद्ध भएको बताउनुभयो ।