Sandesh Kalam सोमबार, जेठ १०, २०७८

विपक्षी पाँच राजनीतिक दलका सांसदहरूले प्रतिनिधिसभा पुनर्स्थापनालगायत चार वटा माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका छन्। सोमबार सांसदहरुसहित सर्वोच्च पुगेका विपक्षी गठबन्धनका शीर्ष नेताहरुले १४६ सांसदको हस्ताक्षरसहित रिट पेस गरेका हुन् । रिट दायर गर्न कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी ९केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी एकमात्र सांसद दुर्गा पौडेलसहित विघटित प्रतिनिधिसभाका सदस्यहरू उपस्थित भएका थिए ।रिटमा निवेदनमा प्रतिनिधि सभा पुनर्स्थापनाको माग गरिएको छ। निवेदकहरूले समर्थन गरेको प्रतिनिधि सभा सदस्यमध्येका शेरबहादुर देउवालाई नेपालको संविधानको धारा ७६ ९५० अन्तर्गत प्रधानमन्त्री नियुक्त गर्नु पर्नेमा राष्ट्रपतिद्वारा दुबैको दाबी नपुग्ने भनी प्रतिनिधि सभा विघटन गरी निर्वाचन घोषणा गरेकोलाई असंवैधानिक र गैरकानुनी घोषित गर्न गर्न माग गरेका छन्। त्यसमा उत्प्रेषणको आदेश माग गर्दै निवेदकले प्रतिनिधि सभा पुनर्स्थापना गरी देउवालाई प्रधानमन्त्री बनाउन माग गरिएको छ। निवेदनमा संविधानको धारा ७६ ५बमोजिम त्यसरी नियुक्त हुने प्रधानमन्त्रीलाई समर्थन गरेको आधारमा प्रतिनिधि सभा सदस्यलाई कारबाही नगर्न माग गरिएको छ। समर्थन गर्ने सांसदलाई दल त्याग गरेको भनी राष्ट्रपति कार्यालयसमेतका नाममा परमादेश वा पूर्जा जारी गरी संवैधानिक हकको संरक्षण गरी पाउन निवेदनमा माग गरिएको छ।

हाम्रो बारेमा

समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्तासहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दछ । यसका साथै मनोरन्जन पक्षलाई समेत मिडियाले समाबेश गर्दै अघि बढ्नेछ ।

सम्पर्क

बाबा बर्दगोरिया मिडिया प्रा.ली

प्रधान कार्यलय : सुनवल १३ सग्राहवा नवलपरासी

सूचना बिभाग दर्ता न : १८७८८९/०७४/०७५

ई-मेल: [email protected]

समाचार सूचना तथा बिज्ञापन प्रकाशनको लागि सम्पर्क ९८५७०८१४१२ ९८१२९८३६८३

हाम्रो टिम

अध्यक्ष अमर नाथ कुवर
प्रबन्धक नन्दु कुवर
समाचार प्रमुख टिकाराम गौरै
समाचार सहायक उर्मिला यादब
सुनवल सम्बाददाता पुरन अधिकारी
बर्दघाट सम्बादाता रामु भुसाल