Sandesh Kalam सोमबार, जेठ १७, २०७८

लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा नेपाली कांग्रेसका दृगनारायण पाण्डे निर्वाचित भएका छन् । सोमबार दाङमा भएको निर्वाचनमा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दै पाण्डे राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् । पाण्डेले ४१४० मतभार प्राप्त गरेका थिए भने खड्काले ३५९४ मतभार पाए । राष्ट्रियसभा सदस्यमा निर्वाचित कांग्रेसका पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाको समर्थन थियो । मुख्यमन्त्रीमा शंकर पोखरेलको पुनर्नियुक्तिपछि पाण्डेले नेकपा एमाले त्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । उता पराजित भएका खड्काले सर्वोच्चको फैसलापछि माओवादी केन्द्र त्यागेर एमालेमा प्रवेश गरेका थिए । लुम्बिनी प्रदेशमा ८३ जना प्रदेश सभा सदस्य र २१२ स्थानीय सरकारका जनप्रतिनिधि मध्ये २९७ जनाले मत खसालेका थिए भने २ जनाको मत बदर भएको छ । निर्वाचनमा प्रदेशभरका तीन सय जनप्रतिनिधिले मतदान गर्नु पर्ने भएपनि स्थानीय सरकारतर्फबाट नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख धवल शमशेर राणा, बाँकेकै नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह र गुल्मीको गुल्मी दरबार गाउँपालिकाका अध्यक्ष अशोककुमार थापा मतदानमा उपस्थित भएका थिएनन् ।

 

 

by lumbini times

हाम्रो बारेमा

समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्तासहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दछ । यसका साथै मनोरन्जन पक्षलाई समेत मिडियाले समाबेश गर्दै अघि बढ्नेछ ।

सम्पर्क

बाबा बर्दगोरिया मिडिया प्रा.ली

प्रधान कार्यलय : सुनवल १३ सग्राहवा नवलपरासी

सूचना बिभाग दर्ता न : १८७८८९/०७४/०७५

ई-मेल: [email protected]

समाचार सूचना तथा बिज्ञापन प्रकाशनको लागि सम्पर्क ९८५७०८१४१२ ९८१२९८३६८३

हाम्रो टिम

अध्यक्ष अमर नाथ कुवर
प्रबन्धक नन्दु कुवर
समाचार प्रमुख टिकाराम गौरै
समाचार सहायक उर्मिला यादब
सुनवल सम्बाददाता पुरन अधिकारी
बर्दघाट सम्बादाता रामु भुसाल