Sandesh Kalam सोमबार, जेठ १७, २०७८

सन् २०२२ मा कतारमा हुने विश्वकप र २०२३ मा चीनमा हुने एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको छनोटको बाँकी खेल खेल्न नेपाली फुटबल टोली कुवेत पुगेको छ । इराकसँग मैत्रीपूर्ण फुटबल खेलेर नेपाल गएराति कुवेत पुगेको हो । जहाँ समूह बी का बाँकी खेल हुनेछ । नेपालले पनि आफ्नो बाँकी तीन खेल कुवेतमै खेल्नेछ । शनिबार इराकविरुद्ध भएको मैत्रीपूर्ण खेलमा नेपाल ६–२ गोलले पराजित भएको थियो । कुवेत र इराकको मौसम उस्तै भएकाले पनि नेपाललाई इराकमा खेल्दा केही फाइदा पुगेको छ । नेपालले अब जेठ २० गते चाइनिज ताईपेई, जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्नेछ । नेपालले यसअघि अवे लेगको खेल तीनवटै टिमसँग खेलिसकेको छ । खासमा यी सबै खेल नेपालले घरेलु मैदानमा खेल्नुपर्ने थियो । तर कोरोना महामारीले गर्दा त्यो अवसर गुम्यो र एएफसीले समूह बी को बाँकी खेल कुवेतमा गर्ने निर्णय गरेको हो ।

हाम्रो बारेमा

समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्तासहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दछ । यसका साथै मनोरन्जन पक्षलाई समेत मिडियाले समाबेश गर्दै अघि बढ्नेछ ।

सम्पर्क

बाबा बर्दगोरिया मिडिया प्रा.ली

प्रधान कार्यलय : सुनवल १३ सग्राहवा नवलपरासी

सूचना बिभाग दर्ता न : १८७८८९/०७४/०७५

ई-मेल: [email protected]

समाचार सूचना तथा बिज्ञापन प्रकाशनको लागि सम्पर्क ९८५७०८१४१२ ९८१२९८३६८३

हाम्रो टिम

अध्यक्ष अमर नाथ कुवर
प्रबन्धक नन्दु कुवर
समाचार प्रमुख टिकाराम गौरै
समाचार सहायक उर्मिला यादब
सुनवल सम्बाददाता पुरन अधिकारी
बर्दघाट सम्बादाता रामु भुसाल