Sandesh Kalam शुक्रबार, जेठ २१, २०७८

बलिउड सुपरस्टार सलमान खानका प्रशंसक ‘राधे’ पछि उनको नयाँ फिल्म ‘टाइगर ३’ को व्यग्रताका साथ प्रतिक्षा गरिरहेका छन् । तर, कोरोना भाइरस र लकडाउनका कारण फिल्मको छायांकन अन्योलमा छ । निर्धारित समयमा छायांकन सुरु हुन नसकेपछि निर्माण टिमले मुम्बईमा बनाइएको फिल्मको भव्य सेट भत्काएको छ । जसका कारण निर्माताले ठूलो नोक्सान बेहोर्नु परेको छ ।

बलिउड हंगामाको रिपोर्ट अनुसार फिल्मको छायांकन कहिलेबाट सुरु हुन्छ भन्ने अहिलेसम्म तय भएको छैन । किनकि, भारतमा कोरोनाका कारण लामो समयदेखि लकडाउन जारी छ । निर्माण टिम सरकारले जूनको अन्त्यबाट छायांकन अनुमति दिने आशमा छ । ‘टाइगर ३’ मा तीन सय जनाको टिमले काम गर्ने भएकाले छायांकन सुरु हुनभन्दा अगाडि सबैको भ्याक्सिनेसन हुनुपर्नेछ ।
छायांकन सुरु हुनुभन्दा अगाडि सेट बनाइराख्नु निकै महंगो पर्ने भएपछि फिल्म निर्माण कम्पनीले सेट भत्काउने निर्णय गरेको हो । अब जहिले फिल्मको काम सुरु हुन्छ तब सेट बनाइने भएको छ । अहिले सेट बनाउनुभन्दा छायांकन सुरु हुने समयमा बनाउँदा धेरै नोक्सान नहुने निर्माण पक्षको निष्कर्ष छ । फिल्ममा सलमान खान, कटरीना कैफ र इमरान हाशमीको मुख्य भूमिका रहनेछ ।

हाम्रो बारेमा

समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्तासहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दछ । यसका साथै मनोरन्जन पक्षलाई समेत मिडियाले समाबेश गर्दै अघि बढ्नेछ ।

सम्पर्क

बाबा बर्दगोरिया मिडिया प्रा.ली

प्रधान कार्यलय : सुनवल १३ सग्राहवा नवलपरासी

सूचना बिभाग दर्ता न : १८७८८९/०७४/०७५

ई-मेल: [email protected]

समाचार सूचना तथा बिज्ञापन प्रकाशनको लागि सम्पर्क ९८५७०८१४१२ ९८१२९८३६८३

हाम्रो टिम

अध्यक्ष अमर नाथ कुवर
प्रबन्धक नन्दु कुवर
समाचार प्रमुख टिकाराम गौरै
समाचार सहायक उर्मिला यादब
सुनवल सम्बाददाता पुरन अधिकारी
बर्दघाट सम्बादाता रामु भुसाल