उर्मिला यादव यात्री शुक्रबार, आषाढ ११, २०७८

जनमत पार्टी जिल्ला समन्वय समिति रुपन्देहीले आज परिचयात्मक एवंम छलफल कार्यक्रम सम्पन्न गरेको छ । जनमत पार्टी जिल्ला समन्वय समिति रुपन्देहीका जिल्ला अध्यक्ष बिष्णु सिंह लोधको अध्यक्षतामा भएको कार्यक्रममा आज बिभिन्न पार्टि परित्याग गरी २५ जना भन्दा बढी ब्यक्तिहरु जनमत पार्टीमा प्रबेश गरेका छन । मायादेबी गाउपालिका वडा नम्बर ६ मा अवस्थित बेथरी आमा समुहको धर्मशालामा भएको कार्यक्रममा सुर्यपुरा उच्च मा।बि।का बरिस्ठ निर्वाचित सदस्य ईश्वर चन्द चौधरी, मानराजी उच्च मा।बि।सेमरा मर्चवारका निर्वाचित बरिस्ठ सदस्य रामशुमेर ठाकुर, दुधनाथ लोध, मोहाम्मद सफिक खाँन लगायत २५ जना भन्दा बढि नेता कार्यकर्ताहरु आज जनमत पार्टीमा प्रवेश गरेका छन ।

परिचयात्मक एवंम छलफल कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादवले नव प्रबेशी सदस्यहरुलाई सदस्यता पत्र हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य रामकेश गुप्ता, निर्मला हरिजन, समाज कल्याण विभागका केन्द्रीय सचिव चन्द्र शेखर सोनार , केन्द्रीय विभागका बरिस्ठ प्रमुख नेताहरुमा संजय कुमार मिश्रा, विकास प्रसाद लोध, रामदेव यादव , जिल्ला पदाधिकारी शम्भु यादव , सागर वर्मा, प्रदेशी केवट, राघुवेन्द्र पटेल, लगायतको सहभागिता थियो भने कार्यक्रम संचालन सचिव कृष्ण कोहारले गर्नु भएको थियो ।

हाम्रो बारेमा

समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्तासहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दछ । यसका साथै मनोरन्जन पक्षलाई समेत मिडियाले समाबेश गर्दै अघि बढ्नेछ ।

सम्पर्क

बाबा बर्दगोरिया मिडिया प्रा.ली

प्रधान कार्यलय : सुनवल १३ सग्राहवा नवलपरासी

सूचना बिभाग दर्ता न : १८७८८९/०७४/०७५

ई-मेल: [email protected]

समाचार सूचना तथा बिज्ञापन प्रकाशनको लागि सम्पर्क ९८५७०८१४१२ ९८१२९८३६८३

हाम्रो टिम

अध्यक्ष अमर नाथ कुवर
प्रबन्धक नन्दु कुवर
समाचार प्रमुख टिकाराम गौरै
समाचार सहायक उर्मिला यादब
सुनवल सम्बाददाता पुरन अधिकारी
बर्दघाट सम्बादाता रामु भुसाल