Sandesh Kalam आइतबार, आषाढ १३, २०७८

डेनमार्क युरो कप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । १० खेलाडीमा सीमित वेल्सलाई ४–० गोलले हराउँदै डेनमार्क अन्तिम आठमा पुगेको हो । डेनमार्कलाई जित दिलाउन कास्पर डोलवर्गले दुई गोल गरे । जोकिम माहेल र मार्टिन ब्रेथवेटले एकरएक गोल गरे ।डोलवर्गले खेलको २७ औं मिनेटमा पहिलो र दोस्रो हाफको सुरुवातमै दोस्रो गोल गरेका थिए । खेलको इन्जुरी समयको पहिलो मिनेटमा ह्यारी विल्सनले रातो कार्ड पाएपछि वेल्स १० खेलाडीमा समेटिएको थियो । यो जितसँगै डेनमार्क युरो कपको क्वार्टर फाइनलमा पुग्ने पहिलो टिम बनेको छ । वेल्स भने प्रतियोगिताको अन्तिम १६ बाट बाहिरिएको छ । डेनमार्कले सेमिफाइनल प्रवेशका लागि नेदरल्याण्ड्स र चेक रिपब्लिकबीचको विजेतासँग खेल्नेछ

हाम्रो बारेमा

समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्तासहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दछ । यसका साथै मनोरन्जन पक्षलाई समेत मिडियाले समाबेश गर्दै अघि बढ्नेछ ।

सम्पर्क

बाबा बर्दगोरिया मिडिया प्रा.ली

प्रधान कार्यलय : सुनवल १३ सग्राहवा नवलपरासी

सूचना बिभाग दर्ता न : १८७८८९/०७४/०७५

ई-मेल: [email protected]

समाचार सूचना तथा बिज्ञापन प्रकाशनको लागि सम्पर्क ९८५७०८१४१२ ९८१२९८३६८३

हाम्रो टिम

अध्यक्ष अमर नाथ कुवर
प्रबन्धक नन्दु कुवर
समाचार प्रमुख टिकाराम गौरै
समाचार सहायक उर्मिला यादब
सुनवल सम्बाददाता पुरन अधिकारी
बर्दघाट सम्बादाता रामु भुसाल