Sandesh Kalam बिहिबार, आषाढ २४, २०७८

विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड (१९) नियन्त्रणको लागि भन्दै सरकारले लागू गरेको लकडाउनका कारण सिर्जित विषम परिस्थितिमा घनश्याम पोख्रेलले घरभाडा छुट दिएका छन् ।

उनले बुद्धभुमी नगरपालिका–२ गोरुसिङ्गे स्थित आफ्नो निजी निवासमा बस्दै आएका भिम बहादुर सुनारलाई २ महिनाको घरभाडा छुट गरेका हुन् ।’ लकडाउनका कारण दैनिक जिवनमा समस्या आएपछि आफ्नो तर्फबाट केही न केही सहयोग गर्नुपर्छ भन्ने उद्देश्यले आफ्नो तर्फबाट सानो सहायता गरेको’ पोख्रेलको भनाई छ ।

लकडाउनका कारण आफुले गर्दै आएको काम पनि गर्न नपाएको र दैनिकिमा समस्या आएको अवस्थामा भाडा छुट दिने पोख्रेलको निर्णयले आफूलाई राहत मिलेको सुनारले पत्रकार सुशील गैरेलाई जानकारी दिए ।

बुद्धभुमी नगरपालिका –२ स्थायी बासिन्दा रहेका पोख्रेल व्यवसाही हुन् । हाल उनी समाजसेवामा सक्रिय छन् । पोख्रेलले यस अघि पनि धेरैलाई सहयोग गर्दै आएका छन।
उनले विपन्न परिवारका बिरामीको उपचारका लागि आवश्यक पर्ने खर्च जुटाउन पहलकदमी लिने र उपचारका लागि समेत स्वयंले सक्दो आर्थिक सहयोग गर्दै आएका छन् ।
समाजसेवा जस्तो पवित्र कर्मलाई आफूले भविष्यमा पनि निरन्तरता दिँदै जाने उनले पत्रकार गैरेसँगको कुराकानीमा बताए ।

हाम्रो बारेमा

समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्तासहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दछ । यसका साथै मनोरन्जन पक्षलाई समेत मिडियाले समाबेश गर्दै अघि बढ्नेछ ।

सम्पर्क

बाबा बर्दगोरिया मिडिया प्रा.ली

प्रधान कार्यलय : सुनवल १३ सग्राहवा नवलपरासी

सूचना बिभाग दर्ता न : १८७८८९/०७४/०७५

ई-मेल: [email protected]

समाचार सूचना तथा बिज्ञापन प्रकाशनको लागि सम्पर्क ९८५७०८१४१२ ९८१२९८३६८३

हाम्रो टिम

अध्यक्ष अमर नाथ कुवर
प्रबन्धक नन्दु कुवर
समाचार प्रमुख टिकाराम गौरै
समाचार सहायक उर्मिला यादब
सुनवल सम्बाददाता पुरन अधिकारी
बर्दघाट सम्बादाता रामु भुसाल