पुजा लम्साल, सुनवल मंगलबार, साउन ०५, २०७८

अक्सर आमा-बुवाको काज-किरिया छोराले गर्ने चलन छ । तर, पछिल्लो समय छोरी पनि अन्तिम संस्कारसहित काज-किरियामा सहभागि हुन थालेका छन् ।  अहिले पश्चिम नवलपरासीमा आफ्नी आमाको मृत्युपश्चात् छोरी हिन्दू संस्कारअनुसार काज किरियामा छिन् । छोरी क्रिया बस्नु हुँदैन भन्ने परम्परागत अन्धविश्वासलाई तोड्दै जिल्लाको सुनवल नगरपालिका वडा नं ६ विसासय पुल टोल निवासी अमृता सुनारले आफ्नी आमाको क्रिया गरिरहनुभएको छ । विगत २/३ वर्ष अघि देखी किड्नीमा समस्या देखीएर उचारत रहनुभएकी आमा गंगाकुमारीको उपचारका क्रममा यहि असार २८ गते निधन भएपछि अमृता क्रिया बस्नुभएको हो ।

छोराले मात्रै क्रिया गर्नुपर्छ भन्ने मान्यतालाई तोड्दै आफ्नी आमाको क्रिया बसेपछि अहिले धेरैले यो विषयलाई निकै चासोका साथ हेरेका छन् । यस्तो घटना समाजका लागि उदाहरणीय मानिन्छ । परिवारमा दाजुभाई नभए पछि र छोरीले आमाको क्रिया बस्ने अठोट लिएपछि पारिवारिक सल्लाहमै मृत्युपश्चात्को संस्कार पूरा गर्ने जिम्मेवारी छोरीलाई दिइएको हो । ‘आफूलाई जन्मदिने आमाको दाग बत्ति दिन्छु र क्रिया गर्छु भनेर अठोट लिएपछि पारिवारिक सल्लाहमै छोरीलाई काज किरिया गर्न अनुमति दिइएको हो’ बुवा कृत बहादुरले भन्नुभयो ।
समाजले काजक्रियाका लागि छोरा नै हुनुपर्छ भन्ने मान्यता राख्ने गरेको छ भने छोरा नहुनेको हकमा घरभित्रकै नजिकको व्यक्तिलाई क्रिया गर्न लगाउने गरेको छ । समाजमा छोरा र छोरी बीच हुने विभेदलाई चुनौती दिँदै अमृताको निणर्यले समुदायमा छोराछोरी दुवै समान हुन् भन्ने सकारात्मक सन्देश दिएको छ । अमृताले क्रिया गर्दा कपाल खौरने बाहेक अरु सबै विधि पूरा गरिरहनुभएको छ । अमृता विगत ३ वर्ष देखी सामुदायिक रेडियो सुनवलमा कार्यरत हुनुहुन्छ ।
सहकर्मि अमृता सुनारकी आमा गंगाकुमारीको  दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धान्जली अर्पण गर्न चाहन्छु । साथै शोक सन्तप्त परिवारजनहरुमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनि कामना गर्दछु ।

हाम्रो बारेमा

समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्तासहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दछ । यसका साथै मनोरन्जन पक्षलाई समेत मिडियाले समाबेश गर्दै अघि बढ्नेछ ।

सम्पर्क

बाबा बर्दगोरिया मिडिया प्रा.ली

प्रधान कार्यलय : सुनवल १३ सग्राहवा नवलपरासी

सूचना बिभाग दर्ता न : १८७८८९/०७४/०७५

ई-मेल: [email protected]

समाचार सूचना तथा बिज्ञापन प्रकाशनको लागि सम्पर्क ९८५७०८१४१२ ९८१२९८३६८३

हाम्रो टिम

अध्यक्ष अमर नाथ कुवर
प्रबन्धक नन्दु कुवर
समाचार प्रमुख टिकाराम गौरै
समाचार सहायक उर्मिला यादब
सुनवल सम्बाददाता पुरन अधिकारी
बर्दघाट सम्बादाता रामु भुसाल