Play Radio

अस्मिता भुषाल बर्दघाट

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अर्थतन्त्र बलियो नभए श्रमजिवि जनताको हित नहुने बताउनुभयो । शनिबार पश्चिम नवलपरासीको बर्दघाटमा नेकपा एमाले जिल्ला कमिटिले आयोजना गरेको छैठौ बैठक तथा सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनुभएका मुख्यमन्त्री पोखरेलले मुलुकमा गरिब जनतालाई सम्बोधन गर्नका लागी अर्थतन्त्रलाई बलियो बनाउनुपर्ने र सो का लागी सरकारले मात्र सो कार्य सम्भव नभएको हुदा निजि क्षेत्रहरुले समेत सहभागि भई अर्थतत्र बलियो बनाउन अहम भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । नेकपा एमालेका केन्द्रिय सदस्य एवं लुम्बिनी प्रदेश ईन्चार्ज समेत रहनुभएका मुख्यमन्त्री पोखरेलले निजि क्षेत्रले अर्थतन्त्रलाई सफल बनाउन सके सरकार बलियो हुने र सरकार बलियो भए मात्र गरिब जनताको हितमा हुने हुदा सरकारले सोही अनुरुप काम गरिहरेको बताउनुभयो ।सोही अवसरमा विशिष्ट अतिथिको रुपमा बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशका भौतीक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले केपी ओली नेतृत्वको सरकारले गरेको लोकप्रिय काम कारण आफ्नै पार्टी भित्रका केही नेताहरु ओलीको विकासको गतीबाट हतासिएको र ओलीको उचाई बढ्ने हो की भन्ने डरले पार्टी भित्रै विषम परिस्थिती सृजना भएको बताउदै पछिल्लो राजनितिक घटनाक्रमले पार्टीलाई सहि दिशामा ल्याएको र ओलीकै सरकारले देशमा विकासको लहरलाई निरन्तरता दिने बताउनुभयो ।कार्यक्रममा राष्ट्रिय सभा सदस्य तथा नेकपा एमाले नेता राम लखन हरिजन, नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेश सासंद भुमिश्वर ढकाल, लुम्बिनी प्रदेश सासंद एवं नेकपा एमाले नेता भगवती भण्डारी, बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्याल, पार्टीका नेता डोलराज भण्डारी लागएतले पार्टीको गतिविधि माथि प्रकाश पार्नुभएको थियो । नेकपा एमालेका जिल्ला कमिटि अध्यक्ष दिपेन्द्र कुमार अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विभिन्न कलाकारहरुले आ आफ्नो प्रस्तुती समेत देखाएका थिए । नेक एमाले जिल्ला कििमट सचिवालय सदस्य सुवाष जिसीको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन जिल्ला कमिटि सदस्य लेखनाथ खरेलले गर्नुभएको थियो । सो अवसरमा जिल्लामा ७ सय १ सदस्यिय जिल्ला अधिबेशन आयोजक कमिटिलाई मुख्यमन्त्री पोखरेलले सपथ ग्रहण गराउनुभएको थियो ।