Play Radio

नवलपरासी , महेश यादव १४ चैत

पश्चिमी नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ४ गोबरहियामा लागु पदार्थ बिरुद्ध मञ्चिय नाटक कार्यक्रम सम्पन्न भएको छ।

कालिका संवाद केन्द्रको आयोजना तथा एबिसि नेपाल ,स्ट्रोम फाउन्डेसनको आर्थिक सहयोग र सरावल गाउँपालिकाको सहकार्यमा लागु पदार्थ बिरुद्ध मञ्चिय नाटक कार्यक्रम सम्पन्न भएको हो ।

कालिका संवाद केन्द्रका एस एस टि सदस्य शान्ति चौधरीको अध्यक्षता तथा सरावल गाउँपालिका वडा नम्बर ४का वडा सचिव अशोक कुमार पाण्डेयको प्रमुख अतिथता र समाजसेवी सुखाडि प्रसाद चौधरीको बिशिस्ट अतिथतामा लागु पदार्थ बिरुद्ध मञ्चिय नाटक कार्यक्रम सम्पन्न भएको थियो । 

 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेयले समुदायमा दिन प्रतिदिन लागू पदार्थ सेवान गर्नेहरुको संख्या बढदै गरेको छ । लागू पदार्थ सेवन गरेर ब्यक्तिहरुले आफ्नो परिवार , समाज र टोललाई पनि खराब बनाउनुका साथै लागू पदार्थ सेवन गरेर आफ्नो जीवन लाई समेत धोवस्त पारेका छन । त कतिपय ले लागु औसधको सिकार भई घर परिवार र आफ्नो छोरा छोरिहरुको जीवन लाई खराब बनाई रहेको छन । लागु पदार्थ सेवन गर्नको लागि मनिसहरुले आफ्नो जग्गा जमिन घर बचेर घर बिहिन भएका पनि देखिन्छ । र सो समस्या लाई समाधान गर्न र समुदायमा जनचेतना जगाउनको लागि सम्पूर्ण जनालाई एकजुट भएर लाग्नु पर्ने बताउनुभएको थियोे ।

सो अवसरमा बोल्दै विशिष्ट अतिथि चौधरीले समुदायमा बसोबास गरेका मानिस तथा बालबालिकाहरुले आमा बुबाको देखा सिखि र साथिहरुको लहलैईमा पनि लागू पदार्थ सेवन गरिरहेका छन त कतिपयले मानशिक तथा परिवारक तनावले पनि लागू पदार्थ सेवन गर्ने गरेका छन । त्यस्ता समस्या लाई नियुनिकरण गर्नको लागि हामिले आफ्नो घर देखि समुदायमा नै जनचेतना जगाउन जरुरि रहेको बताए । साथै लागू पदार्थ मुक्त समाज निमार्ण गर्नको लागि सबै भन्दा पहिला आफ्नो घर परिवारलाई लागू पदार्थ मुक्त बनाउनु पर्ने बताउदै आयोजक समूह र नाटक टोलिलाई धन्यवाद समेत दिनुभएको थियोे ।कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले लागू पदार्थ सेवन गर्ने ब्यक्तिहरुलाई स्थानीय तहले करवाहि गर्नु पर्ने आवश्क भएको बताईन । साथै गाउँ टोलमा अबैध रुपले लागू पदार्थ बिक्रीवितरण गरिरहेको दारु भढ्ढि र मदिरा पसलहरु बन्द गर्नुका साथै त्यसता बिक्रीवितरण गर्ने ब्यक्तिहरुलाई समेत कारवाहि गर्नुपर्ने बताउदै लागू पदार्थ सेवन नगर्न आग्रह गर्नुभयो ।

कालिका संवाद केन्द्रकि किशोरी शिखा चौधरीको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रममा संवाद केन्द्रका एस एस टि सदस्य कुमार चौधरी , रन्जना चौधरी , उर्मिला चौधरी र सन्तोष चौधरी लगायतको अतिथिहरुको उपस्थित रहेको थियो । कार्यक्रम सञ्चालन गर्दै कार्यक्रम सञ्चालक पत्रकार महेश यादवले कार्यक्रमको विषय वस्तुहरुमाथि प्रष्ट समेत पार्नु भएको थियोे ।