Play Radio

 

रेडियो संदेश  पुरन अधिकारी , पश्चिम नवलपरासी

मेरो जनगणना मेरो सहभागीता भन्ने नाराका साथ जिल्ला जनगणना कार्यलय पश्चिम नवलपरासीको आयोजनामा राष्ट्रिय जनगणना २०७८ जिल्ला स्तरीय सचेतना गोष्ठी उधोग वाणिज्य सघ परासीको सभाहलमा सम्पन्न भएको छ।
पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिव शकंर रायको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रममा स्थानीय तहका प्रमुख( उपप्रमुख ,राजनैतिक दलका प्रमुखहरु ,सघ सस्थाका प्रतिनिधि एवं पत्रकारहरुको समेत उपस्थिति रहेको थियोे ।
जिल्ला जनगणना अधिकारी विपिन कुमार पंजियार र सहाय जिल्ला जनगणना अधिकारी सुनिल लामिछानेले सहजिकरण गर्नुभएको उक्त कार्यक्रममा जनगणनाको महत्त्व ,इतिहास ,जनगणना २०७८को मुल विशेषता ,कानुनी प्रावधान,जनगणना विधि ,जनगणना प्रयोग हुने प्रश्नावली ,स्थानीय तहसङ्गको सम्बन्ध ,सुपरिवेक्षक र गणकहरुलाई प्रदान गरिने तालिम र उनिहरुको कार्यको बारेमा प्रकाश पारिनुको साथै उपस्थित जनमानसका सवालहरुलाई समेत सम्बोधन गरिएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले जनगणना विषम परिस्थितिमा हुनगईरहेकाले गणनाबाट कोही नछुटुन भन्ने धारणा राखेका थिए भने कार्यक्रमका अध्यक्ष प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जनगणनाबाट धर्म (सस्कृती ,भाषा (लिङ्गहरुको सम्पूर्ण तथ्याङ्क आउने हुदा सहि तथ्याङ्क उपलब्ध गराउनुपर्ने सम्पूर्ण जिल्लावासीको दायित्व रहेको समेत जानकारी गराउनुभयो।
ब्ब