Play Radio

उद्योग वाणिज्य संघ सुनवलको प्रथम साधरण सभा सम्पन्न भएको छ । सभाका प्रमुख अतिथि लुम्विनी प्रदेश सभा सदस्य दिपेन्द्र अधिकारीले उद्योग वाणिज्य संघ सुनवलले गरेका गतिविधिका वारेमा तयार परिएको सुनवल दर्पण विमोचन गर्दै उद्यागी व्यवसायीहरुको समस्याहरुमा प्रदेश सरकारले समन्वय गर्दै आइरहेको बताउनुभयो । उहाले अर्थतन्त्रको तिन वटा खम्वा मध्ये निजि क्षेत्रको समस्या समाधान नगरे समग्र विकास सम्भव नहुने समेत बताउनुभयो । प्रदेश सभा सदस्य अधिकारीले विगत तिन बर्ष देखि मुलुकमा विकासले गति लिएको र अझै १० बर्ष सम्म यहि गति कायम रहे मुलुकले मुहार फेर्ने बताउनुभयो । जसमा निजि क्षेत्रको भुमिका उल्लेख्य रहेको उहाँको भनाई थियो । साथै उहाले छोटो समयमा उद्योग वाणिज्य संघ सुनवललले रचनात्मक भुमिका खेलेको भन्दै प्रशंसा गर्नुभयो ।त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख शिव शंकर प्रसाद रायले कोभिडमा उद्योगी व्यवसायी मर्कामा परेको भन्दै कर , घर वहाल लगायतको छुटमा राज्यले हेर्नुपर्नेमा जोड दिनुभयो ।
साधारण सभामा सुनवल नगरपालिकाका नगर प्रमुख भिम वहादुर थापाले देशको समग्र विकासमा निजि क्षेत्रको भुमिका रहने बताउनुभयो । समृद्ध सुनवल बनाउन मानब विकासमा जोड दिएको उहाँको भनाई थियो । सुनवल नगर क्षेत्रका उद्योगी व्यवसायीहरुलाई मध्यनजर गर्दै औधोगीक ग्राम, अटो भिलेज, लगायतका समग्र पक्षको विकासमा सुनवल नगरपालिका लागी परेको नगरप्रमुख थापाले बताउनुभयो ।
साधारण सभामा सुनवल नगरपालिकाका नगर प्रमुख दधिराम अर्याल, उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य महेन्द्र श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक, उद्योग वाणिज्य महासंघ लुम्विनी प्रदेशका निर्वतमान अध्यक्ष गुणनिधि तिवारी, नेकपा एमालेका नेता थान प्रसाद गैरे, नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु प्रसाद पौडेल, नेकपा माओवादी केन्द्रका नेता सुर्य न्यौपाने, उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारी, वुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेश श्रेष्ठ लगाएत बोल्नु भएको थियो ।साधारण सभाका अध्यक्ष तथा उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्यले उद्योग वाणिज्य संघ सुनवलले आफ्नो स्थापना संगै उद्योगी व्यावसायीहरुको हकहितमा काम गर्दै आएको बताउनुभयो । कोभिड १९ को महामारीमा पनि व्यावसायीहरुलाई विचलित हुन नदिई स्थानिय सरकार सुनवल नगरपालिकासंग समन्वय गर्दै घुम्ति पसल संचालन, खाद्य वैंक संचालन गरेको र कोभिडका कारण मर्कामा परेका १५८ जना व्यावसायीहरुलाई यु एस ए आई डि तयार नेपालको संयोजकत्व साथै सुनवल नगरपालिकाको समन्वयमा ३२ हजारका दरले पुनः व्यावसाय संचालन गर्नका लागी सहयोग गरेको अध्यक्ष कर्माचार्यको भनाई छ ।

त्यस्तै आन्तरिक राजश्व कार्यायलको राजश्य संकलन, नाप तौल, नविकरण, व्यावसायीक लेखा तालिम, महिला सिप मुलक तालिम र संघमा आवद्ध व्यावसायीहरुको दुई लाख बराबरको दुर्घटना बिमा गरेको बताउनुभयो । सो अवसरमा उद्योग वाणिज्य संघ स्थापना गर्न महत्वपुणर् भुमिका निर्वाह गर्नु हुने व्यक्तित्वहरुलाई सम्मान गरिएको संघका महासचिव तेजप्रसाद भण्डारीले बताउनुभयो ।

सभार रेडियो सुनवल