" /> २४ घण्टामा नवलपरासीमा पाँच संक्रमितको मृत्यु - Sandesh Kalam

"हरि शर्मा (नवलपरासी)" शनिबार, बैशाख १८, २०७८

पश्चिम नवलपरासीमा २४ घण्टाको अन्तरालमा ५ जनाको मृत्यु भएको छ। शुक्रबार बिहानदेखि शनिबार बिहानसम्म मृत्यु हुनेमा रामग्राम नगरपालिका र सुनवल नगरपालिकाका २र२ जना छन्।

सरावल गाउँपालिकाका १ जना रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन देविलाल पौडेलले जानकारी दिए। उनीहरुमध्ये सुनवल नगरपालिका(६ का ८४ वर्षीय पुरुषको शुक्रबार होम आइसोलेसनमा र सोही नगरपालिका(७ का ८५ वर्षीय पुरुषको भीम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

त्यसैगरी रामग्राम नगरपालिकाका(६ का ४२ वर्षीय पुरुषको मेडिकल कलेज भैरहवामा उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको हो।

शनिबार बिहान मात्र २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रामग्राम नगरपालिका(१० की ४५ वर्षीया महिला छन्। उनको कोरोना विशेष अस्पताल बुटवलमा मृत्यु भएको हो। त्यस्तै पृथ्वीचन्द्र जिल्ला अस्पतालमा उपचारका क्रममा शनिबार सरावल गाउँपालिका(२ का ४५ वर्षिय युवकको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा। मोहम्मद नुरुल होदाले बताए।

बैशाखको पहिलो सातादेखि शनिबारसम्म जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ। संक्रिय संक्रमितको संख्या ३ सय ५० पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ। मृत्यु हुनेमा सबैभन्दा बढी रामग्राम नगरपालिकामा मात्र ७ जना छन्। हालसम्म जिल्लामा संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ।

हाम्रो बारेमा

समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्तासहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दछ । यसका साथै मनोरन्जन पक्षलाई समेत मिडियाले समाबेश गर्दै अघि बढ्नेछ ।

सम्पर्क

बाबा बर्दगोरिया मिडिया प्रा.ली

प्रधान कार्यलय : सुनवल १३ सग्राहवा नवलपरासी

सूचना बिभाग दर्ता न : १८७८८९/०७४/०७५

ई-मेल: [email protected]

समाचार सूचना तथा बिज्ञापन प्रकाशनको लागि सम्पर्क ९८५७०८१४१२ ९८१२९८३६८३

हाम्रो टिम

अध्यक्ष अमर नाथ कुवर
प्रबन्धक नन्दु कुवर
समाचार प्रमुख टिकाराम गौरै
समाचार सहायक उर्मिला यादब
सुनवल सम्बाददाता पुरन अधिकारी
बर्दघाट सम्बादाता रामु भुसाल