" /> लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य - Sandesh Kalam

Sandesh Kalam आइतबार, बैशाख १९, २०७८

आज दिउँसो १ बजे बस्ने भनिएको लुम्विनी प्रदेशसभाको विशेष अधिवेशन बैठक नै नबसी अन्त्य भएको छ । मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले मध्यान्ह १२ बजे देखि अधिवेशनको अन्त्य गरेका हुन । मुख्यमन्त्री शंकर पोखरेलेविरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्ता साझेदार नेकपा ९माओवादी केन्द्र० लगायतका दलहरुले अविश्वास प्रस्ताव पेश गरेपछि प्रदेशसभाको विशेष अधिवेशन बोलाइएको थियो । आजका लागि बोलाइएको अधिवेशनमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रस्तुत गरिएको अविश्वास प्रस्तावका विषयमा छलफल गर्ने कार्यसूची तय भएको थियो । मुख्यमन्त्री पोखरेलले यस अघि संविधानको धारा १६८ को दफा २ बमोजिम आफ्नो नेतृत्वमा प्रदेश सरकार गठन भएको र सो धारा बमोजिम सरकारमा सहभागी नेकपा माओवादी केन्द्रले सरकारबाट बाहिरीएपछि संबिधानको धारा १६८ को १ बमोजिम सरकार बनाउने मार्ग प्रसस्त गर्न भन्दै आजै बिहान राजिनामा दिएका थिए ।

पोखरेलले आजै मुख्यमन्त्रीको सपथ लिन सक्ने सम्भावना रहेको स्रोतले बताएको छ । मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुख धर्मनाथ यादवले अर्को व्यवस्था नभए सम्मका लागि मौजुदा मन्त्रिपरिषदलाई नै मन्त्रिपरिषदको कार्यभार दिएका छन ।

संविधानको धारा १६८ को १ बमोजिम अब नेकपा एमालेले सरकार बनाउने तयारी सूरु गरेको छ । लुम्बिनी प्रदेशसभामा एमालेका ४१ सांसद छन भने एमालेबाहेक दलको सभामुख बाहेकको संख्या जोड्दा ३९ मात्रै पुग्छ । प्रदेश भामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्र सभामुखसहित १८, जसपाका दुई , चार जना कारवाही पछि बच्नेछन् । त्यस्तै राष्ट्रिय जनमोर्चासंग १ सांसद छन् ।

हाम्रो बारेमा

समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्तासहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दछ । यसका साथै मनोरन्जन पक्षलाई समेत मिडियाले समाबेश गर्दै अघि बढ्नेछ ।

सम्पर्क

बाबा बर्दगोरिया मिडिया प्रा.ली

प्रधान कार्यलय : सुनवल १३ सग्राहवा नवलपरासी

सूचना बिभाग दर्ता न : १८७८८९/०७४/०७५

ई-मेल: [email protected]

समाचार सूचना तथा बिज्ञापन प्रकाशनको लागि सम्पर्क ९८५७०८१४१२ ९८१२९८३६८३

हाम्रो टिम

अध्यक्ष अमर नाथ कुवर
प्रबन्धक नन्दु कुवर
समाचार प्रमुख टिकाराम गौरै
समाचार सहायक उर्मिला यादब
सुनवल सम्बाददाता पुरन अधिकारी
बर्दघाट सम्बादाता रामु भुसाल