" /> लुम्बिनी प्रदेश सांसदबाट पदमुक्त भएका चार जनाको रिट दर्ता भएन - Sandesh Kalam

Sandesh Kalam आइतबार, बैशाख १९, २०७८

लुम्बिनी प्रदेश सभा सदस्यबाट पदमुक्त भएका चार जनाको रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । प्रदेश सरकारमा मन्त्री बन्न गएका जनता समाजवादी पार्टीका सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई पार्टीको प्रदेश संसदीय दलले कारवाही गरेको थियो । कारवाही गरेको पत्र प्रदेश सभा सचिवालयले सार्वजनिक गरेपछि उनीहरु पदमुक्त भएका थिए । पदमुक्त भएपछि आफूहरु माथि अन्याय भएको भन्दै उनीहरु सर्वोच्च अदालतमा रिट दर्ता गर्न पुगेका हुन्। तर, सर्वोच्च अदालतले कोभिड १९ का कारण यसअघि नै बन्दी प्रत्यक्षीकरण र कोरोना बाहेकका सेवा स्थगन गर्ने जनाएकाले चार सांसदको रिट दर्ता नभएको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए । उनीहरुलाई पछि आउनुस् भनेर फिर्ता गरिएको पौडेलले बताए ।

copy lumbinitimes

हाम्रो बारेमा

समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्तासहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दछ । यसका साथै मनोरन्जन पक्षलाई समेत मिडियाले समाबेश गर्दै अघि बढ्नेछ ।

सम्पर्क

बाबा बर्दगोरिया मिडिया प्रा.ली

प्रधान कार्यलय : सुनवल १३ सग्राहवा नवलपरासी

सूचना बिभाग दर्ता न : १८७८८९/०७४/०७५

ई-मेल: [email protected]

समाचार सूचना तथा बिज्ञापन प्रकाशनको लागि सम्पर्क ९८५७०८१४१२ ९८१२९८३६८३

हाम्रो टिम

अध्यक्ष अमर नाथ कुवर
प्रबन्धक नन्दु कुवर
समाचार प्रमुख टिकाराम गौरै
समाचार सहायक उर्मिला यादब
सुनवल सम्बाददाता पुरन अधिकारी
बर्दघाट सम्बादाता रामु भुसाल