" /> मुख्यमन्त्री पोखरेलको सपथ रोक्न ४२ सांसदद्वारा प्रदेश प्रमुख समक्ष माग - Sandesh Kalam

Sandesh Kalam आइतबार, बैशाख १९, २०७८

प्रदेश प्रमुख धर्मनाथ यादवले नेकपा एमाले संसदीय दलका नेता शंकर पोखरेलको नेतृत्वमा एकल बहुमतको सरकार गठन गर्ने गरी मुख्यमन्त्रीमा पोखरेललाई नियुक्त गरेपछि प्रदेशसभाका ४२ जना सांसदले प्रदेश प्रमुखलाई भेटेर सपथ रोक्न माग गरेका छन् । प्रदेश प्रमुखसमक्ष पेश गरेका ४१ जना सांसदको हस्ताक्षरमध्ये विमला कुमारी खत्री वलीको पुरानो हस्ताक्षर दुरुपयोग गरी बहुमत पुर्याउने प्रयत्न भएको भन्दै सपथ रोक्न माग गरेको नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक फखरुद्दीन खानले बताए । उहाँको पूरानो हस्ताक्षर दुरुपयोग गरी एकल बहुमतको सरकार बनाउने भनेर उहाँहरुले हस्ताक्षर बुझाउनुभएको छ भन्ने कुरा आयो, विमलाजी एमालेमा नरहनुभएको र नेकपा  माओवादी केन्द्रमा रहनुभएको भन्ने जानकारी प्रदेशसभामा समेत रहेकाले एमालेको एकल बहुमत पुग्दैन, उनले भने, ‘त्यसैले एमालेको एकल नेतृत्वमा सरकार गठनको प्रक्रिया अघि नबढाइयोस् भन्ने कुरा हामीले राख्यौं, प्रदेश प्रमुखले मैले कुरा बुझे त्यसै अनुसार गर्छु भन्नुभएको छु ।’ नेपाली कांग्रेस, नेकपा , माओवादी केन्द्र , जनता समाजवादी पार्टी  जसपा,  नेपाल लगायतका सांसदले प्रदेश प्रमुखलाई आइतबार दिउँसो भेटेर अहिलेको अवस्थामा एकल बहुमतको सरकार गठनको कुनै सम्भावना नरहेको भन्दै आफ्नो पक्षमा ४२ सांसदको हस्ताक्षर देखाएका हुन् । ८१ सदस्यीय प्रदेशसभामा एमालेको पक्षमा ४१ सांसद रहेको भनिए पनि दाङबाट उपनिर्वाचनमा विजयी सांसद विमला वलीले आफू माओवादी केन्द्रमा गएको प्रष्ट पारेपछि एमालेको पक्षमा ४० सांसद सीमित रहेको छ ।

 

copy by khabarpatro

हाम्रो बारेमा

समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्तासहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दछ । यसका साथै मनोरन्जन पक्षलाई समेत मिडियाले समाबेश गर्दै अघि बढ्नेछ ।

सम्पर्क

बाबा बर्दगोरिया मिडिया प्रा.ली

प्रधान कार्यलय : सुनवल १३ सग्राहवा नवलपरासी

सूचना बिभाग दर्ता न : १८७८८९/०७४/०७५

ई-मेल: [email protected]

समाचार सूचना तथा बिज्ञापन प्रकाशनको लागि सम्पर्क ९८५७०८१४१२ ९८१२९८३६८३

हाम्रो टिम

अध्यक्ष अमर नाथ कुवर
प्रबन्धक नन्दु कुवर
समाचार प्रमुख टिकाराम गौरै
समाचार सहायक उर्मिला यादब
सुनवल सम्बाददाता पुरन अधिकारी
बर्दघाट सम्बादाता रामु भुसाल