" /> अर्घाखाँचीमा आज सोमबार देखि वैशाख ३१ गतेसम्म निषेधाज्ञा - Sandesh Kalam

Sandesh Kalam सोमबार, बैशाख २०, २०७८

अर्घाखाँचीमा आज सोमबार देखि निषेधाज्ञा हुने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति डीसीसीएमसीले राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताए । यो अवधिमा अत्यावश्यक उपभोग्य खाद्यवस्तु बेच्ने पसल, दूध, तरकारी, फलफूल, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ, तथा निर्माण सामाग्रीका पसलहरु बिहान ६ देखि ९ बजेसम्म संचालन हुने र बैंक तथा वित्तीय संस्था न्यूनतम कर्मचारीबाट सञ्चालन हुने प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । निषेधाज्ञामा खाद्यान्न, तरकारी, फलफुल, दुध, पानी, औषधि बोक्ने मालवाहक गाडी र एम्बुलेन्स बाहेकका सबै सवारीसाधन बन्द हुनेछन् । अस्पताल, औषधि पसल २४ सै घण्टा खुला रहनेछन् । जिल्लामा कोरोनाको द्रोस्रो लहर सुरु भएपछि ८ जना संक्रमितको मृत्यु भएको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ५६ जना पुगेको छ ।

हाम्रो बारेमा

समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्तासहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दछ । यसका साथै मनोरन्जन पक्षलाई समेत मिडियाले समाबेश गर्दै अघि बढ्नेछ ।

सम्पर्क

बाबा बर्दगोरिया मिडिया प्रा.ली

प्रधान कार्यलय : सुनवल १३ सग्राहवा नवलपरासी

सूचना बिभाग दर्ता न : १८७८८९/०७४/०७५

ई-मेल: [email protected]

समाचार सूचना तथा बिज्ञापन प्रकाशनको लागि सम्पर्क ९८५७०८१४१२ ९८१२९८३६८३

हाम्रो टिम

अध्यक्ष अमर नाथ कुवर
प्रबन्धक नन्दु कुवर
समाचार प्रमुख टिकाराम गौरै
समाचार सहायक उर्मिला यादब
सुनवल सम्बाददाता पुरन अधिकारी
बर्दघाट सम्बादाता रामु भुसाल