Play Radio

लुम्वीनी सुनवल बचत तथा ऋण सहकारी संस्थाको नवनिर्वाचित सन्चालक समित र लेखा सुपरीवेक्षण समितिको पदभार ग्रहण कार्यक्रम आज सम्पन्न भएको छ ।

सहकारीको २३ औं साधारणसभा तथा निर्वाचनबाट सर्वसम्मत गठित सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितको पदभार कार्यक्रम सहकारीको मुख्य कार्यालय सुनवल १२ भुमहीमा सम्पन्न भएको अध्यक्ष लेखनाथ खरेलले रेडीयो सन्देशलाई जानकारी दिनुभयो ।पश्चिम नवलपरासीको सवैभन्दा ठुलो सहकारी लुम्वीनी सुनवल बचत तथा ऋण सहकारी संस्थामा लेखनाथ खरेलको अध्यक्षतामा १७ सदस्यीय सन्चालक समिती र विष्णु प्रसाद चापागाईको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षक समितिको गठन गरिएको थियो ।