" /> लुम्बिनी प्रदेशमा नाटकिय रुपमा विकास भएको राजनीतिक घटनाक्रम प्रति नेपाली काँग्रेस संसदिय दलका प्रमुख सचेतक खाँणको ध्यानाकर्षण - Sandesh Kalam

Sandesh Kalam सोमबार, बैशाख २०, २०७८

नेपाली काँग्रेस संसदिय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले लुम्बिनी प्रदेशमा नाटकिय रुपमा विकास भएको राजनीतिक घटनाक्रम प्रति आफनो गम्भिर ध्यानाकर्षण भएको बताएका छन । प्रमुख सचेतक खाँणले आइतबार विज्ञप्ती जारी गर्दै लुम्बिनी प्रदेशमा नेकपा एमालेको बहुमत गुमिसकेको अवस्थामा सम्बिधानको धारा १६८ को १ लाइ गलत व्याख्या गरी एमालेको सरकार बनाएर शंकर पोखरेललाइ मुख्यमन्त्रीमा नियुक्त गर्नु संबिधान विपरितको कदम भएको उल्लेख गरे। विपक्षी गठबन्दनले बहुमत सांसद संख्या पुरयाएर ४२ जनाको हस्ताक्षर र उपस्थितीमा कुलप्रसाद केशीलाइ मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुख समक्ष गरेको सिफारिसलाइ लत्याउदै अल्पमतमा रहेका पोखरेललाइ मुख्यमन्त्रीमा नियुक्त गर्नु संविधानको उल्लघन भएको विज्ञप्तीमा उल्लेख छ । ‘बहुमत प्रदेशसभा सदस्यहरुलाइ पाखा लगाएर अल्पमतमा रहेका पोखरेलाइ नियुक्त गरीनु संबिधान र लोकतान्त्रिक मुल्य र पद्यतीको उल्लघंन गर्नु हो । प्रदेश प्रमुखद्धारा गरीएको संबिधान बिपरितको यो निर्णय र नियुक्ति अबिलम्ब सच्याइयोस,संसोधन गरीयोस’प्रमुख सचेतक खाँणद्धारा जारी बिज्ञप्तीमा भनिएको छ ।
प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलका बिरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गरी प्रक्रिया अगाडी बढेको अवस्थामा मुख्यमन्त्रीले नाटकिय रुपमा राजीनामा दिएर अविश्वासको प्रस्ताव उपर छलफल गरी निर्णय गर्ने संसदिय पद्यती र पक्रियामा मै अबरुद्ध गरेको भन्दै प्रमुख सचेतक खाँणले आपती जनाएका हुन ।

हाम्रो बारेमा

समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्तासहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दछ । यसका साथै मनोरन्जन पक्षलाई समेत मिडियाले समाबेश गर्दै अघि बढ्नेछ ।

सम्पर्क

बाबा बर्दगोरिया मिडिया प्रा.ली

प्रधान कार्यलय : सुनवल १३ सग्राहवा नवलपरासी

सूचना बिभाग दर्ता न : १८७८८९/०७४/०७५

ई-मेल: [email protected]

समाचार सूचना तथा बिज्ञापन प्रकाशनको लागि सम्पर्क ९८५७०८१४१२ ९८१२९८३६८३

हाम्रो टिम

अध्यक्ष अमर नाथ कुवर
प्रबन्धक नन्दु कुवर
समाचार प्रमुख टिकाराम गौरै
समाचार सहायक उर्मिला यादब
सुनवल सम्बाददाता पुरन अधिकारी
बर्दघाट सम्बादाता रामु भुसाल