" /> विपक्षीको विरोध र कडा सुरक्षा घेराबीच मुख्यमन्त्रीको सपथ - Sandesh Kalam

Sandesh Kalam सोमबार, बैशाख २०, २०७८

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आइतबार पद तथा गोपनियताको सपथ लिएका छन् । विपक्षीको विरोध र अवरोधका बाबजुद कडा सुरक्षा घेरा बीच उनले प्रदेश प्रमुख धर्मनाथ यादवबाट सपथ लिएका हुन् । प्रदेश प्रमुखको कार्यालयमा सपथ खुवाउन नसक्ने अबस्था आएपछि मुख्यमन्त्री कार्यालयमा प्रदेश प्रमुख धर्मनाथ यादवलाई लगेर सपथ खुवाइएको हो । अल्पमतमा रहेका लुम्बिनी प्रदेश एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्ति गरेको भन्दै माओवादी कांग्रेस गठबन्धनले प्रदेश प्रमुखको कार्यालयमा आइतबार दिउँसैदेखि धर्ना दिएका थिए । प्रदेश प्रमुख यादवले जुनसुकै हालतमा सपथ खुवाउने चालपाएका विपक्षी गठबन्धनका ४२ जना सांसदहरुले दिउँसो नै प्रदेश प्रमुखलाई हस्ताक्षर गरेर बुझाएका थिए । मुख्यमन्त्री पोखरेलको सपथका लागि लुम्बिनी प्रदेशका डिआईजीको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

हाम्रो बारेमा

समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्तासहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दछ । यसका साथै मनोरन्जन पक्षलाई समेत मिडियाले समाबेश गर्दै अघि बढ्नेछ ।

सम्पर्क

बाबा बर्दगोरिया मिडिया प्रा.ली

प्रधान कार्यलय : सुनवल १३ सग्राहवा नवलपरासी

सूचना बिभाग दर्ता न : १८७८८९/०७४/०७५

ई-मेल: [email protected]

समाचार सूचना तथा बिज्ञापन प्रकाशनको लागि सम्पर्क ९८५७०८१४१२ ९८१२९८३६८३

हाम्रो टिम

अध्यक्ष अमर नाथ कुवर
प्रबन्धक नन्दु कुवर
समाचार प्रमुख टिकाराम गौरै
समाचार सहायक उर्मिला यादब
सुनवल सम्बाददाता पुरन अधिकारी
बर्दघाट सम्बादाता रामु भुसाल