" /> लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीमा पुनः सन्तोष पाण्डेय - Sandesh Kalam

Sandesh Kalam सोमबार, बैशाख २०, २०७८

लुम्बिनी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीमा पुनः सन्तोष कुमार पाण्डेय नियुक्त भएका छन् । यस अघि पनि सोही मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । पाण्डेय रुपन्देही क्षेत्र नम्बर ३ , १ बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । त्यस्तै भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा विजय बहादुर यादव नियुक्त भएका छन् । यस अघि पनि सोही मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका यादवलाई मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रीमा नियुक्त गरेका हुन् । उनी बाँके क्षेत्र नम्बर २ ,१ ,बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । मन्त्री भएका दुवै जना सांसद पदमा भने छैनन् । त्यसै गरी मुख्यमन्त्री पोखरेलले आर्थिक मामिला तथा योजना मन्त्रीमा बैजनाथ चौधरी र स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा हरि रिजाललाई नियुक्त गरेका छन् । उनीहरुलाई आइतबार प्रदेश प्रमुख धर्मनाथ यादवले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।

हाम्रो बारेमा

समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्तासहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दछ । यसका साथै मनोरन्जन पक्षलाई समेत मिडियाले समाबेश गर्दै अघि बढ्नेछ ।

सम्पर्क

बाबा बर्दगोरिया मिडिया प्रा.ली

प्रधान कार्यलय : सुनवल १३ सग्राहवा नवलपरासी

सूचना बिभाग दर्ता न : १८७८८९/०७४/०७५

ई-मेल: [email protected]

समाचार सूचना तथा बिज्ञापन प्रकाशनको लागि सम्पर्क ९८५७०८१४१२ ९८१२९८३६८३

हाम्रो टिम

अध्यक्ष अमर नाथ कुवर
प्रबन्धक नन्दु कुवर
समाचार प्रमुख टिकाराम गौरै
समाचार सहायक उर्मिला यादब
सुनवल सम्बाददाता पुरन अधिकारी
बर्दघाट सम्बादाता रामु भुसाल