" /> पोखरेल पुनः मुख्यमन्त्रीमा नियुक्त हुनु प्रजातन्त्रको हत्या भएको विपक्षी गठबन्धनको भनाइ - Sandesh Kalam

Sandesh Kalam सोमबार, बैशाख २०, २०७८

मुख्यमन्त्रीमा शंकर पोखरेलको पुनर्नियुक्तिपछि आज विपक्षी गठबन्धनले बुटवलमा पत्रकार सम्मेलन गर्दै नवगठित सरकार गैर संबैधानिक भएको बताएको छ । सोमबार बिहान मुख्यमन्त्री पदबाट राजीनामा दिएका शंकर पोखरेलले एकल बहुमतको सरकार दाबी गर्दै साँझ पुनः मुख्यमन्त्रीको रुपमा सपथ ग्रहण गर्नु भएको थियो । नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी जसपा र राष्ट्रिय जनमोर्चाको गठबन्धनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेताहरुले शंकर अल्पमतको सरकार गठन गरेर मुख्यमन्त्रीको रुपमा सपथ लिने शंकर पोखरेलको कदमलाई गैरसंवैधानिक र गैर लोकतान्त्रिक भनेका छन् ।

विपक्षी दल नेपाली कांग्रेसको लुम्बिनी प्रदेश संसदीय दलका नेता विरेन्द्र कुमार कनौडियाले भन्नु भयो विहान राजीनामा दिएर उहाँले नयाँ सरकार गठनका लागि बाटो खोलिदिनुभयो भन्ने ठानेका थियौं । तर ग्रेट डिजाइन अनुसार संविधान वाइपास गरी पुनः मुख्यमन्त्री बन्ने उहाँको योजना रहेछ ।’ उहाले शसस्त्र प्रहरी बल, जनपद प्रहरीलगायतका प्रहरी बल लगाएर अपहरण शैलीमा प्रदेश प्रमुखलाई आफ्नै कार्यालयमा लगी पोखरेलले सपथ ग्रहण गरेको आरोप लगाउनु भयो । ‘यो कदमको जति नै भत्र्सना गरेपछि कम हुन्छ,’ उहाले भन्नु भयो ,‘नेपालको ईतिहासमा यो सरकारले कलंकको टिका लगाएको छ ।’ विपक्षी गठबन्धनले अल्पमतको मुख्यमन्त्रीलाई स्वीकार नगर्ने बताउंदै केन्द्रको निर्देशन अनुसार थप राजनीतिक कदम चाल्ने बताएका छन् । ‘यो विषयलाई लिएर गठबन्धनमा रहेका पार्टीहरुको केन्द्रमा आज बैठक भइरहेको छ । यो सामान्य विषय होइन, प्रजातन्त्रको हत्या भएको छ,’ कनौडियाले भन्नु भयो । त्यस्तै गठबन्धनले आइतबार साँझ सपथ रोक्न बिरोधमा उत्रेका महिला सांसदमाथि प्रदेश प्रहरी प्रमुख रबिन्द्र धानुकले बल प्रयोग गरेको आरोप लगाउँदै उहाको निलम्बनको माग गरेको छ । प्रहरी प्रमुख नै संलग्नतामा प्रहरी बल प्रयोग हुनु गैर लोकतान्त्रिक काम भएको भन्दै महिलालाई हातपात र दुव्र्यवाहर गर्ने प्रहरीलाई निरम्बन गर्नुपर्ने नेपाली कांग्रेसकी सचेतक निर्मला क्षेत्रीले बताउनु भयो ।

हाम्रो बारेमा

समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्तासहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दछ । यसका साथै मनोरन्जन पक्षलाई समेत मिडियाले समाबेश गर्दै अघि बढ्नेछ ।

सम्पर्क

बाबा बर्दगोरिया मिडिया प्रा.ली

प्रधान कार्यलय : सुनवल १३ सग्राहवा नवलपरासी

सूचना बिभाग दर्ता न : १८७८८९/०७४/०७५

ई-मेल: [email protected]

समाचार सूचना तथा बिज्ञापन प्रकाशनको लागि सम्पर्क ९८५७०८१४१२ ९८१२९८३६८३

हाम्रो टिम

अध्यक्ष अमर नाथ कुवर
प्रबन्धक नन्दु कुवर
समाचार प्रमुख टिकाराम गौरै
समाचार सहायक उर्मिला यादब
सुनवल सम्बाददाता पुरन अधिकारी
बर्दघाट सम्बादाता रामु भुसाल