आफूभन्दा जुनियर नेतालाई उपप्रधानमन्त्री बनाइएकाले आफु हटेको हृदयेश त्रिपाठीलेको भनाइ

काम चलाउ सरकारबाट बाहिरिएका स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले वरियता नमिलेको कारण मन्त्रिपरिषदबाट बाहिरिएको बताउनुभएको छ । शुक्रबार राति मन्त्रालयबाट बाहिरिने क्रममा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उहाले वरियता नमिलेकाले बाहिरिएको बताउनु भएकोे हो । ‘आफूभन्दा जुनियर नेतालाई उपप्रधानमन्त्री बनाइएकाले म आफै हटेको हुँ ।’ त्रिपाठीले भन्नु भयो । ओलीले अर्थमन्त्री विष्णु पौडेल, जनता समाजवादी […]

मन्त्रिपरिषद् पुनर्गठन, १२ मन्त्री र २ राज्यमन्त्रीले लिए सपथ

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। पुनर्गठित मन्त्रिपरिषद्मका ३ जना उपप्रधानमन्त्रीसहित १२ मन्त्री र २ जना राज्यमन्त्रीले सपथ लिएका छन् । उनीहरुले शुक्रबार राति राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका हुन्। पुनर्गठित मन्त्रिपरिषदमा जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षबाट ८ मन्त्री र दुई राज्यमन्त्री बनेका छन् । वरिष्ठ नेता राजेन्द्र महतो […]

यादवले निर्वाचन आयोगलाई बुझाए कारबाहीसम्बन्धि कागजात

जनता समाजवादी पार्टी ९जसपा० अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगलाई आवश्यक मापदण्ड पुरा गरेर कागजात पठाएका छन्।आयोगले बुधबार राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुचुची १८ बमोजिमको ढाँचामा विवरण माग गरेको थियो । सोही बमोजिम आज यादवले सबै कागजात पठाएको एक नेताले जानकारी दिए । जेठ १७ गते यादवले पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता […]

राष्ट्रियसभा उप निर्वाचनमा नेपाली कांग्रेसका दृगनारायण पाण्डे निर्वाचित

लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा नेपाली कांग्रेसका दृगनारायण पाण्डे निर्वाचित भएका छन् । सोमबार दाङमा भएको निर्वाचनमा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दै पाण्डे राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् । पाण्डेले ४१४० मतभार प्राप्त गरेका थिए भने खड्काले ३५९४ मतभार पाए । राष्ट्रियसभा सदस्यमा निर्वाचित कांग्रेसका पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह र […]

देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै विपक्षी गठबन्धनद्वारा सर्वोच्चमा रिट दायर

विपक्षी पाँच राजनीतिक दलका सांसदहरूले प्रतिनिधिसभा पुनर्स्थापनालगायत चार वटा माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका छन्। सोमबार सांसदहरुसहित सर्वोच्च पुगेका विपक्षी गठबन्धनका शीर्ष नेताहरुले १४६ सांसदको हस्ताक्षरसहित रिट पेस गरेका हुन् । रिट दायर गर्न कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी ९केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र […]

बागमती प्रदेश सभाको आठौं अधिवेशन आह्वान

बागमती प्रदेश सभाको आठौं अधिवेशन जेठ १६ गते आइतबारका लागि बोलाइएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् । असार १ गते बजेट र त्यसअघि नीति तथा कार्यक्रम घोषणा गर्न अधिवेशन आह्वान गर्न सिफारिस गरिएको एक नेताले जानकारी दिए ।       by […]

आन्दोलनका लागि तयारी रहन नवलपरासी कांग्रेसको कार्यकर्तालाई निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवि भण्डारीले असंवैधानिक कदम चालेको भन्दै नेपाली कांग्रेस पश्चिम नवलपरासीले आन्दोलनका लागि तयारी अवस्थामा रहन कार्यकर्ताहरुलाई निर्देशन गरेको छ । जिल्ला सभापति विष्णु प्रसाद पौडेलले आइतबार प्रेस विज्ञप्ती प्रकाशित गर्दै पछिल्लो पटक असंवैधानिक तरिकाले गरेको प्रतिनिधिसभा विघटनले मुलुकलाई थप जटिल अवस्थामा पुर्‍याएको भन्दै त्यसविरुद्ध हुने कानुनी र राजनीतिक लडाइको […]

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ। सभापति शेरबहादुर देउवाले शुक्रबार बिहान ९ बजेका लागि पदाधिकारी बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनु भयो सभापति देउवा निवास बुढानिलकण्ठमा बस्ने बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेको लगायत विषयमा छलफल हुनेछ । राष्ट्रपति कार्यालयबाट नेपालको संविधानको धारा ७६ ९५० बमोजिमको सरकार गठन गर्ने […]

निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै मुख्यमन्त्री पोखरेललाई कारवाही गर्न माग

बागमती प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनमा आचारसंहिता उल्लंघन गरेको भन्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई कारवाही गर्न नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलको कार्यालय लुम्बिनी प्रदेशले माग गरेको छ । मुख्यमन्त्री पोखरेलले निर्वाचनको मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लंघन गर्दै नेकपा एमालेका उम्मेदवार राम बहादुर थापा ‘बादल’ को पक्षमा मत मागेकाले उनलाई कारवाही गर्न माग गरिएको कांग्रेस प्रदेश […]

हाम्रो बारेमा

समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्तासहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दछ । यसका साथै मनोरन्जन पक्षलाई समेत मिडियाले समाबेश गर्दै अघि बढ्नेछ ।

सम्पर्क

बाबा बर्दगोरिया मिडिया प्रा.ली

प्रधान कार्यलय : सुनवल १३ सग्राहवा नवलपरासी

सूचना बिभाग दर्ता न : १८७८८९/०७४/०७५

ई-मेल: [email protected]

समाचार सूचना तथा बिज्ञापन प्रकाशनको लागि सम्पर्क ९८५७०८१४१२ ९८१२९८३६८३

हाम्रो टिम

अध्यक्ष अमर नाथ कुवर
प्रबन्धक नन्दु कुवर
समाचार प्रमुख टिकाराम गौरै
समाचार सहायक उर्मिला यादब
सुनवल सम्बाददाता पुरन अधिकारी
बर्दघाट सम्बादाता रामु भुसाल